काठमाडौं । विश्वकप क्वालिफायरमा छनौट भएको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई दशरथ रंगशालामा सम्मान गरिएको छ ।
दशरथ रंगशालामा आजको मनाङ मर्स्याङ्दी क्लब र एपीएफ क्लबको खेलको पहिलो हाफ सकिएपछि राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई सम्मान गरिएको हो ।
सो अवसरमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह काठमाडौँ क्षेत्र नम्बर ५ का सांसद प्रदीप पौडेल लगायतले खेलाडीहरुलाई माला र खादा लगाएर सम्मान गरेका थिए ।