सिटी एफए कपको सेमिफाइनलमा, हालान्डको ह्याट्रिक

एजेन्सी । म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिटीले बर्नलेमाथि ६–० को सानदार जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

जितमा हालान्डले ह्याट्रिक पूरा गर्दा जुलियन अल्भारेजले दुई तथा कोल पाल्मेरले एक गोल थपे । हालान्डको यो पछिल्लो दुई खेलमा लगातार ह्याट्रिक हो ।

यसअघि हालान्डले च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा जर्मन क्लब आरबी लाइप्जिगमाथि ७–० को जितमा ह्याट्रिकसहित ६ गोल गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here