चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित

काठमाडौं । चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित भएका छन् ।

निरौलाले अध्यक्षकी उम्मेदवार रेजिना उप्रेतीलाई २६ मतले हराएर निर्वाचित भएका छन् । ४६८ मध्ये निरौलाले २३५ मत प्राप्त गरे भने उप्रेतीले २०९ मत प्राप्त गरिन् ।

निरौलाले संस्थामा महासचिव र उपाध्यक्ष पदमा रहेर काम गरिसकेका थिए । निर्वाचनमा उपाध्यक्ष कविता गेलाल र शिवहरि बैरागी निर्वाचित भए ।

महासचिवमा सबिन श्रेष्ठ, सचिवमा रामेश्वर बुर्लाकोटी, कोषाध्यक्षमा सुनिल कटुवाल, सह–कोषाध्यक्षमा पवित्रा आचार्य निर्विरोध निर्वाचित भएकी छिन् ।

यस्तै शीतलमा केसी, नम्रता खरेल, गोपाल ढकाल ‘छन्दे’, उद्धवप्रसाद भट्टराई, समीर लामा, पवन केसी, पुकार भट्टराई, खुस्बु खड्का, सरिता राजोपाध्याय र रोशन श्रेष्ठ निर्वाचित भए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here