उपाधि होडमा रहेको आर्सनलले बनायो फराकिलो अग्रता

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा उपाधि होडमा रहेको आर्सनलले शीर्ष स्थानमा ८ अंकको को अग्रता बनाएको छ।

आइतबार राति घरेलु मैदानमा क्रिष्टल प्यालेसलाई ४-१ ले पराजित गर्दै फराकिलो अग्रता कायम राखेको छ।

जितमा बुकायो साकाले दुई गोल गर्दा गाब्रियल मार्टिनेली र ग्रानीट जाकाले समान १-१ गोल गरे।

जितसँगै आर्सनलले शीर्ष स्थानमा ८ अंकको अग्रता बनाएको छ। उसले २८ खेलबाट ६९ अंक बनाएको छ। एक खेल कम खेलेको दोस्रो स्थानको म्यानचेस्टर सिटीको ६१ अंक रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here