एजेन्सी । बार्सिलोनाले स्पेनिस ला लिगामा रियल म्याड्रिडलाई पराजित गरेको छ । फ्रान्क केस्सीले खेलको इन्जुरी समयमा नाटकीय गोल गरेपछि मड्रिडलाई २–१ गोलले पराजित गरेको छ ।
यस जितसँगै बार्सिलोनाले पछिल्लो तीन खेलमा रियललाई हराउन सफल भएको छ । १६ अक्टोवर २०२२ मा ३–१ को जित निकाले यता रियलले जित निकाल्न सकेको छैन ।
यस जितसँगै बार्सिलोनाले १२ अंकको स्पष्ट अग्रता लिदै उपाधि जित्ने सम्भावना बलियो बनाएको छ । बार्सिलोनाको २६ खेलबाट ६८ अंक पुगेको छ । पराजित रियलको ५६ अंक छ ।