घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ अघिल्लो दिनको तुलनामा ७ सय रुपैयाँ घटेको हो । आज छापावाल सुन तोलामा एक लाख नौ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार तोलामा एक लाख १० हजार रुपैयाँ पुगेको थियो । तेजाबी सुन तोलामा एक लाख आठ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदी तोलामा १५ रुपैयाँ घटेको छ । उक्त चाँदी आज तोलामा एक हजार ३३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here