‘ऐना झ्यालको पुतली’ बन्यो उत्कृष्ट फिल्म

काठमाडौं । छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा अन्तिम दिन प्रतिस्पर्धामा सहभागी चलचित्रहरूमध्ये १७ विधामा अर्वाड दिइएको छ। नेपाली फिल्मतर्फ ‘ऐना झ्यालको पुतली’ उत्कृष्ट फिल्म घोषित भएको छ।

‘ऐना झ्यालको पुतली’ ले उत्कृष्ट फिल्मसँगै उत्कृष्ट निर्देशक, पटकथा र स्पेसल मेन्सन अवार्ड जितेको छ। फिल्ममा अभिनय गरेका बाल कलाकार दिनेश खत्रीले आफ्नो प्रस्तुतिका लागि स्पेसल मेन्सन अवार्ड पाएका हुन्।

नेपाली फिल्मतर्फ ‘प्रकाश’ बाट प्रदीप खड्का र दीया मास्के उत्कृष्ट अभिनेता तथा अभिनेत्री घोषित भएका छन्।

सुवर्ण थापा निर्देशित फिल्म ‘सिक्रेट अफ राधा’ले स्पेशल मेन्सनतर्फ अवार्ड जितेको छ। बंगलादेशको फिल्म ‘हाउस अफ नो नेम’ले डन किहोटे जित्यो भने द सर्ट र डकुमेन्ट्री विधामा स्पेशल मेन्सन इरानको ‘द प्रेयर्स’ले जित्यो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here