क्रिकेट कप्तान रोहितलाई ५१ हजार नगदसहित सम्मान

काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान रोहित कुमार पौडेललाई बर्दघाट नगरपालिकाले ५१ हजारसहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेको छ ।

बर्दघाट नगरपालिका वडा नम्बर १४ निवासी पौडेललाई नेपालको नाम अन्तर्राष्ट्रियस्तरमा चिनाउन महत्वपूर्ण भूमिका नगरबासी पौडेलले खेलेको भन्दै सम्मान गरेको हो ।

नेपाली टिमले काठमाडौंमा सम्पन्न नेपाल, पपुवा न्युगिनी र यूएई सम्मिलित एकदिवसीय क्रिकेटमा यूएईलाई पराजित गर्दै विश्वकप छनोट प्रतियोगितामा नेपाल प्रवेश गरेको थियो ।

सम्मान कार्यक्रममा बोल्दै कप्तान पौडेलले सम्मान गरेकोमा आभार व्यक्त गर्दै स्थानीयस्तरमा खेलाडी उत्पादनमा भौतिक पूर्वाधारमा लगानी गर्नुपर्नेमा जोड दिएका थिए । उनले खेल मैदानको व्यवस्थापन र खेलक्षेत्रमा पनि नगरले लगानी गर्नुपर्नेमा जोड दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here