ओडीआइ वरियतामा नेपालले एक स्थान उक्लियो

काठमाडौं । नेपाली क्रिकेट टोलीले नयाँ एकदिवसीय विश्व वरियतामा सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का अनुसार नयाँ वरियतामा नेपाल १५ औं स्थानमा उक्लिएको छ ।

विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा पछिल्ला १२ मध्य ११ खेलमा जित निकालेपछि एक महिनामा नेपालले ओडिआई वरियतामा ठूलो छलाङ मारेको छ। पछिल्ला १२ खेल अघि नेपाल १९ औं स्थानमा थियो । त्यसपछि नेपाल १७ औं, १६ औं हुँदै १५ औं स्थानमा उक्लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here