बालबालिकाको फोटो\ भिडियो सामाजिक सञ्जालमा सेयर गर्ने अविभावकलाई जेल !

काठमाडौं । अब फ्रान्सेली आमाबुवाले आफ्ना बालबालिकाको फोटो सामाजिक सञ्जालमा सेयर गर्न नपाउने भएका छन् । नयाँ विधेयक पारित गरेसँगै अभिभावकले बालबालिकाको अनुमतिबिना तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गर्न नसक्ने भएका हुन् ।

देशको राष्ट्रिय सभाले पारित गरेको यो विधेयकले आमाबाबुलाई आफ्ना बालबालिकाको तस्बिरहरू अनलाइन पोस्ट गर्न प्रतिबन्ध लगाउने अधिकार अदालतहरूलाई दिएको छ ।

अभिभावकले अनुमतिबिना बालबालिकाको तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गरेमा उनीहरुलाई जेल सजाय पनि हुनसक्ने बताइएको छ ।

नयाँ विधेयकअनुसार आमा वा बुवामा एक जनाले मात्र अनुमतीबिना बालबालिकाको फोटो पोष्ट गरेको पाइएमा दुवै जनालाई सजाय दिइने छ ।

फ्रान्समा बालबालिकाका आमा र बाबुको नाममा सामाजिक सञ्जाल अकाउन्ट बनाइएको गुनासो आएपछी यस्तो गरिएको हो ।

हालै सार्वजनिक गरिएको एक प्रतिवेदन अनुसार बाल पोर्नोग्राफीका लागि प्रयोग हुने सामाजिक सञ्जालका ५० प्रतिशत तस्बिरहरू अभिभावकले सामाजिक सञ्जालमा सेयर गरिएका खाताबाट लिइएको पाइएको छ । नयाँ सामाजिक सञ्जाल विधेयक फ्रान्सेली सिनेटले पारित गरेको र उक्त विधेयक राष्ट्रपतिबाट स्वीकृत भएसँगै लागू हुनेछ । डेलीमेलबाट साभार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here