एसीसी प्रिमियर कपको खेल तालिका सार्वजनिक, नेपाल समूह ए मा

File

काठमाडौं, ९ चैत । आगामी अप्रिल १८ देखि नेपालमा आयोजना हुने एसीसी प्रिमियर कपको खेलतालिका सार्वजनिक भएको छ ।

एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले बिहीबार ड् अनुसार तालिका सार्वजनिक गरेको हो । मे २ सम्म हुने खेलमा प्रिमियर कपमा एसियाका टेष्ट खेल्नेबाहेकका १० एसोसिएट टोलीले प्रतिस्पर्धा गर्नेछन् । जहाँ १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ए मा नेपाल र ओमान, मलेसिया, कतार र साउदी अरेबिया छन् । यस्तै समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् ।

प्रतियोगिता त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा र मुलपानी क्रिकेट मैदानमा हुने छन् । उद्घाटन खेल नेपाल र मलेसियाबीच मे १८ मा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने बताइएको छ ।

त्यसैगरी नेपालले दोस्रो खेल मे २१ मा ओमानसँग कीर्तिपुरमै खेल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here