तिलोत्तमा गोल्डकपको उपाधिको लागि सूदुरपश्चिमको भिडन्त मनाङसँग

काठमाडौं । तिलोत्तमा गोल्डकपको उपाधिको लागि सूदुरपश्चिम ११ र मनाङ मर्स्याङ्दी भिड्ने भएका छन् ।

बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा मनाङ मर्स्याङ्दीले पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले फ्रेण्डस् क्लबलाई पराजित गर्दै सुदूरपश्चिमसँगको उपाधि भिडन्त पक्का गरेको हो ।

निर्धारित समयमा २–२ को बराबरी गोल भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

बुधबार भएको पहिलो सेमिफाइनलमा खेलमा सूदूरपश्चिम ११ थ्री स्टार क्लबलाई १—० गोल अन्तरले पराजित गर्दै फाईनल प्रवेश गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here