रोनाल्डोले बनाए धेरै खेल खेल्ने कीर्तिमान

एजेन्सी । पोर्चुगलका क्रिस्टियानो रोनाल्डोे अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै खेल खेल्ने खेलाडी बनेका छन् । बिहीबार युरो २०२४ को छनोटमा लिख्टेन्सटाइनविरुद्ध राष्ट्रिय टिमका लागि १९७ औँ खेल खेल्दै रोनाल्डोले सो कीर्तिमान बनाएका हुन् ।

३८ वर्षीय खेलाडीले विश्वकपमा मोरक्कोविरुद्धको खेलमा कुवेतका फरवार्ड बादेर अल–मुतावाको १९६ खेलको कीर्तिमान बराबरी गरेका थिए ।

रोनाल्डोले दुई गोल गरेपछि पोर्चुगलले युरो २०२४ को छनोटको पहिलो खेलमा लिचेस्टाइनलाई ४–० ले पराजित गरेको छ ।

३८ वर्षीय फरवार्ड रोनाल्डोले पोर्चुगलका लागि १२० गोल गरेका छन् । सन् २००३ मा पोर्चुगलको राष्ट्रिय टिममा डेब्यु गरेका रोनाल्डोले गत डिसेम्बरमा कतार विश्वकपमा गोल गर्दै लगातार पाँच विश्वकपमा गोल गर्ने कीर्तिमान बनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here