मोन्टीको पारिश्रमिक प्रतिमहिना १२ हजार डलर

एजेन्सी । माघ २३ गते आधिकारिक रुपमा नेपाली टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका मोन्टी देसाईको पारिश्रमिक मासिक दुई हजार डलर वृद्धि भएको छ ।

क्यानले यसअघि प्रशिक्षक देसाईसँग प्रतिमहिना १० हजार डलर पारिश्रमिकसहित सम्झौता गरेको थियो । अब भने देसाईले प्रतिमहिना १२ हजार डलर पारिश्रमिक पाउनेछन् ।

देसाईको प्रशिक्षणमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ को १२ खेलमध्ये ११ मा जित निकाल्दै जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकपको छनोटमा स्थान पक्का गरेको थियो । नेपालको प्रशिक्षण सम्हाल्ने बेला भएको सम्झौताअनुरुप नै प्रशिक्षकको पारिश्रमिक बढेको हो ।

त्यसबेला नेपालले एकदिवसीय मान्यता जोगाए पारिश्रमिक बढाउने सम्झौता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here