‘द हन्ड्रेड’ मा बिकेनन् सन्दीप र अर्जुन

काठमाडौं । ‘द हन्ड्रेड’ क्रिकेटको ड्राफ्टमा परेका नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने अनसोल्ड भएका छन् ।

सन्दीपसँगै नेपालका अर्का खेलाडी अर्जुन साउद पनि ड्राफ्टमा परेका थिए । विकेटकिपर तथा ओपनर अर्जुन पनि अनसोल्ड भए ।

पहिलो संस्करणमा सन्दीपलाई ओभल इन्भिन्सिबल्सले ६० हजार पाउण्डमा अनुबन्ध गरेको थियो । तर, भिसा समस्याका कारण उनले द हन्ड्रेड गुमाएका थिए । दोस्रो र तेस्रो संस्करणमा भने उनी अनसोल्ड भए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here