मनाङले जित्यो तिलोत्तमा गोल्डकपको उपाधि

काठमाडौं । तिलोत्तमा गोल्ड कपको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ ।

शनिवार भएको फाइनल प्रतियोगितामा सुदूरपश्चिम ११ लाई सडन डेथमा पराजित गर्दै मनाङले २२ औँ संस्करणको उपाधि उचालेको हो । खेलको निर्धारित समयमा दुबै टिमबाट १-१ गोल भएपछि खेल ट्राइब्रेकरमा पुगेको थियो।

उपाधिसँगै मनाङले नगद ११ लाख ११ हजार १११ रुपैयाँ प्राप्त गरेको छ । उपाधिका लागि लडेको सुदूरपश्चिम ११ ले भने ६ लाख ६६ हजार ६११ प्राप्त गरेको छ । मनाङ मर्स्याङ‍्दीले तिलोत्तमा गोल्डकप पहिलो पटक उचालेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here