दुर्गा भवानी अवतार देखिइन् स्वस्तिमा खड्का

काठमाडौं । पशुपतिनाथ मन्दिर क्षेत्रमा फिल्म ‘पशुपतिप्रसाद २ स् भष्मे डन’को छायांकन भइरहेको छ । छायांकन सेटबाट अभिनेत्री स्वस्तिमा खड्काको दुर्गा भवानी लुक्स सार्वजनिक भएको छ, जहाँ उनलाई दुर्गा भवानीको रुपधारण गरेको देख्न सकिन्छ ।

देवी दुर्गाको अवतारमा प्रस्तुत भएकी उनीसँग पशुपति परिसरमा आशिर्वाद लिन र फोटो खिच्न चाहनेको घुइँचो छ ।

अनुहारमा पोतिएको रङ र दुर्गामाताको गेटअप हेर्दा फिल्ममा स्वस्तिमाको पात्र निकै रोचक हुन सक्ने अनुमान गर्न सकिन्छ । गत शुक्रबारदेखि सुरु छायांकन पशुपति क्षेत्रमा एकमहिना चल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here