थ्रीस्टार खप्तड गोल्डकपको सेमिफाईनलमा

काठमाडौं । धनगढी रंगशालामा आइतबार भएको खेलमा ए डिभिजन क्लब फेण्ड्सलाई १–० गोल अन्तरले पराजित गर्दै थ्रीस्टार क्लब खप्तड गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ ।

खेलको ५९ औं मिनेटमा थ्रीस्टारका लागि दिपेश गुरुङले गरेको गोल नै निर्णायक भयो । थ्रीस्टारले अब फाईनल प्रवेशका लागि नेपाल पुलिस क्लब र आयोजक सुदुरपश्चिम ११ स्पोर्टस क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here