ड्राइभिङ लाइसेन्सको राजस्व तिर्न कार्यालयनै धाउनुपर्ने व्यवस्था हट्दै

काठमाडौं । अब सवारी चालक अनुमतिपत्रका लागि अव अनलाइनबाट राजस्व बुझाउन पाइनेछ । हाल अनलाइनबाट फारम भरेपनि राजस्व बुझाउन र बायोमेट्रिकका लागि यातायात व्यवस्था विभागको कार्यालयनै जानुपर्ने अवस्था छ ।

बायोमेट्रिकका लागि भने भौतिक रुपमा उपस्थित नै हुनुपर्ने यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले बताए ।

‘राष्ट्रिय परिचयपत्र नागरिकको हकमा भएपछी बायोमेटिकलाई लिंकअप गरेर कार्यालय नगइ बायोमेटिक लिन सकिने व्यवस्था गर्ने योजना छ’ उनले भने ।

सोमबार नेपाल आर्थिक पत्रकार संघ(नाफिज)ले आयोजना गरेको अन्तरक्रियात्मक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

सेवाग्राहीको अपेक्षा छिटै सबै अनलाइनबाट गर्न पाए हुन्थ्यो भन्ने छ तर हामी दुरुस्त तथा विश्वसनिय र त्रुटिरहित सेवा दिन लागेका हुनाले त्यसमा केही समय लागेको हो ’ फेरी हाम्रो कानुन अनुसार सबैले बायोमेटिक लिन मिल्दैन उनले भने ।

सो अवसरमा भट्टराईले प्रदेशबाट प्रवाह भएको सेवालाई प्राविधिक रुपमा विभागले व्याकअप गरेको जानकरी दिए । साथै प्रदेशले आफै गर्न सक्ने भएपछी त्यो जिम्मेबारी प्रदेशलाई नै सुम्पिने बताए । विभागमा आईटीको कर्मचारी कमी रहेको गुनासो समेत उनले गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here