युरोकप छनोट: फ्रान्सको लगातार दोस्रो जित

एजेन्सी । फ्रान्सले युरो छनोटमा लगातार दोस्रो जित निकालेको छ। डिफेन्डर बेन्जामिन पाभार्डले टोलीमा शानदार पुनरागमन गरेपछि गएराति भएको खेलमा फ्रान्सले आयरल्याण्डलाई उसकै मैदानमा १-० गोल अन्तरले हरायो।

फ्रान्सको जितमा खेलको ५० औं मिनेटमा पाभार्डले निर्णायक गोल गरे। विश्वकपमै टोलीबाट बाहिरिएका पाभार्ड जुलेस काउन्डेको सट्टामा राइट ब्याकको रूपमा मैदान छिरेका थिए।

यो जितपछि समूह बीमा रहेको फ्रान्सले लगातार दोस्रो जितसहित ६ अंक जोडेर शीर्ष स्थानमा कायमै छ। जिब्राल्टरलाई हराएको ग्रिस दोस्रो स्थानमा छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here