नारायण रायमाझीको ‘परदेशी–२’ कात्तिक ३ मा रिलिज हुने

काठमाडौं । चर्चित गायक/संगीतकार तथा निर्देशक नारायण रायमाझीको निर्देशनमा तयार भएको चलचित्र ‘परदेशी–२’ कात्तिक ३ मा रिलिज हुने भएको छ । यसअघि पटक–पटक सर्दै आएको चलचित्रको रिलिज तय भएको हो ।

चलचित्रमा दीलिप रायमाझी, केकी अधिकारी, प्रकाश सपुत, वर्षा शिवाकोटीलगायत कलाकार मुख्य भूमिकामा छन् । प्रकाशको यो पहिलो चलचित्र हो ।

रमेश बीजीको कथा रहेको फिल्ममा नीर शाह, सुशील पोखरेल, सविन बास्तोला, रमा थपलिया, भीमा मैनाली, रोशनी कार्की, देबेन्द्र बब्लु लगायतका कलाकारहरुले पनि अभिनय गरेका छन् ।

बीबी अनुरागीको संगीत, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।

सुदीप कुँवरको सहनिर्देशन रहेको यो चलचित्रमा अष्ट महर्जनको द्वन्द्व, मानकृष्ण महर्जनको छायांकन र दीर्घ खड्काको सम्पादन छ ।

‘गोर्खापल्टन’ र ‘परदेशी’पछि नारायण इन्टरनेशनल प्रालिको ब्यानरमा ‘परदेशी २’ निर्माण भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here