भारतले किर्गिस्तानलाई हरायो, सुनिलको कीर्तिमानी गोल

एजेन्सी । कप्तान सुनिल क्षेत्रीको कीर्तिमानी गोलमा भारतले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा किर्गिस्तानलाई पराजित गरेको छ ।

घरेलु मैदानमा भारतले किर्गिस्तानमाथि २–० को सहज जित हात पारेको हो । भारतको जितमा सन्देश झिनगन र कप्तान सुनिल क्षेत्रीले गोल गरे ।

गोलसँगै सुनिल पुरुषतर्फ सर्वाधिक बढी गोल गर्ने खेलाडीको सुचीमा पाँचौ स्थानमा उक्लिएको छ । उनले हंगेरीका फेरेन्स पुस्कासलाई पछि पारेका हुन् । ३८ वर्षीय सुनिलले १३३ क्याप जित्दा ८५ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here