स्कटल्यान्डले ३९ वर्षपछि स्पेनलाई हरायो

एजेन्सी । युरो छनोटमा उपाधिको बलियो दाबेदार स्पेन स्कटल्याण्डसँग पराजित भएको छ। गएराति ह्याम्पडेन पार्कमा युरो २०२४ को छनोट खेलमा स्कट म्याकटोमिनेले २ गोल गरेपछि बलियो टोली स्पेन २-० गोल अन्तरले पराजित भएको हो।

स्कटल्यान्डका लागि दुवै गोल स्कट म्याकटोमीले गरे । स्कटल्यान्डले प्रतिस्पर्धात्मक खेलमा स्पेनलाई हराएको यो ३९ वर्षयता पहिलो हो ।

स्कट्ल्याण्डले सन् १९८४ पछि स्पेनलाई पहिलो पटक हराएको हो। समूह ए को दुई खेलबाट ६ अंक जोडेको स्कटल्याण्ड शीर्ष स्थानमा रहँदा पराजित स्पेन समान खेलबाट ३ अंक जोड्दै दोस्रो स्थानमा छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here