मेसीको ह्याट्रिक, अर्जेन्टिनाका लागि सय गोल पूरा

एजेन्सी । अर्जेन्टिनी फुटबलर लियोनल मेसीले सिनियर अन्तर्राष्ट्रिय फुटबलमा सय गोल पुरा गरेका छन्। बुधवार बिहान कुराकावविरुद्ध भएको मैत्रीपूर्ण खेलमा गोल गर्दै मेसीले अन्तर्राष्ट्रिय गोल शतक पुरा भएको हो।

यो खेलमा अर्जेन्टिना ७-० गोलले विजयी भएको थियो भने मेसीले ह्याट्रिक गरेका थिए।

उनले अर्जेन्टिनाका लागि सय गोलसमेत पूरा गरे । इरानका अली दाई र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोपछि अन्तर्राष्ट्रिय फुटबलमा सय गोल गर्ने मेसी तेस्रो खेलाडी बने ।

उनले पहिलो हाफमै ३ गोल गरेका थिए। २० औँ मिनेटमा गरेको पहिलो गोलमा मेसीको सय गोल पुरा भएको थियो। त्यसपछि उनले ३३ र ३७ औँ मिनेटमा गोल गरे।

गत डिसेम्बरमा कतारमा विश्वकप जितेपछि अर्जेन्टिनाले लगातार दुई मैत्रीपूर्ण खेल जितेको हो । यसअघि अर्जेन्टिनाले पनामालाई पराजित गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here