क्यामरुनी क्लबविरुद्ध गोलको वर्षागर्दै मनाङ फाइनलमा

काठमाडौं । विजेता मनाङ मर्स्याङ्दी क्लब खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

धनगढी रंगशालामा बुधबार भएको खेलमा क्यामरुनको एभिनर फुटबल क्लबलाई ६-० गोल अन्तरले हराउँदै मनाङ उपाधिनजिक पुगेको हो ।

कागजात पूरा नभएर क्यामरुनका दुई खेलाडीले खेल्न नपाएपछि ९ जनाको टोली मनाङविरुद्ध मैदान उत्रिएको थियो ।

ति मध्ये पनि दुईजनाले रातो कार्ड पाएपछि एभिनर क्लब दोस्रो हाफमा सात खेलाडीमा सीमित भएको थियो । मनाङलाई जित दिलाउन सायिजमलले ह्याट्रिक गरे ।

प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here