ए डिभिजन लिगको १३ औं चरणसम्मको खेल तालिका सार्वजनिक

काठमाडौं । एन्फाले शहीद स्मारक ए डिभिजन लिग फुटबलको छैटौं चरणदेखि १३ औं चरणसम्मको खेल तालिका सार्वजनिक गरेको छ ।

चैत २० गतेदेखि एन्फा कम्प्लेक्समा संकटा क्लब र खुमलटार एफसी प्रतिस्पर्धामा उत्रिएसँगै छैटौं चरण सुरु हुनेछ।

चैतको २२ गते र २५ गते नेपालले भियतनामसँग ओलम्पिक छनोट अन्तर्गतको खेल हुने हुँदा छैटौं चरणका खेलहरु च्यासल स्टेडियम र एन्फा कम्प्लेक्समा हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here