काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि नेपालले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लाओसलाई २-१ ले हराउँदै उपाधि जितेको हो ।
खेलको १७औं मिनेटमा फौथाभोङले गोल गर्दै लाओसलाई अग्रता दिलाएका थिए। तर २४ औं मिनेटमा नेपालका लागि आयुष घलानले गोल गर्दै खेल बराबरीमा ल्याए भने मनिस डाँगीले ८७ औं मिनेटमा दोस्रो गोल गरे ।
भुटानसहित तीन देश सम्मिलित प्रतियोगितामा नेपाल पहिलो र लाओस दोस्रो हुँदै फाइनल पुगेका थिए ।
नेपालले उपाधिसहित ५ हजार अमेरिकी डलर पुरस्कार पाएको छ भने उपविजेताले २ हजार ५०० अमेरिकी डलर पुरस्कार पाएको छ ।






















