चेन्नईलाई हराउँदै गुजरातको विजयी सुरुवात

एजेन्सी । इण्डियन प्रिमियर लिग (आईपीएल) को अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा उद्घाटन खेलमा गुजरात टाइटन्सले चेन्नइ सुपर किंग्सलाई ५ विकेटले हराउँदै प्रतियोगिताको सुखद सुरुवात गरेको छ।

टस हारेर ब्याटिङमा उत्रिएको चेन्नइले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७८ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको गुजरातले १९.२ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो।

उसका लागि शुभमन गिलले अर्धशतकीय पारी खेले । ३६ बलको सामना गरेका उनले ६ चौका र ३ छक्कासहित ६३ रन बनाए । त्यस्तै, विजय शंकरले २७, ऋद्धिमान साहले २५ र साई सुदर्शनले २२ रन जोडे । राहुल तेवटिया १५ र राशिद खान १० रनमा अविजित रहे ।

चेन्नईका लागि राजवर्धन हांगरगेकरले तीन, तुशार देशपाण्डे र रवीन्द्र जडेजाले एक/एक विकेट लिए । त्यसअघि अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७८ रन बनायो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here