थ्रीस्टार क्लबले जित्यो खप्तड गोल्डकपको उपाधि

काठमाडौं । खप्तड गोल्डकपको उपाधि थ्री स्टार क्लबले जितेको छ । कैलालीको धनगढीस्थित क्षेत्रिय रंगशालाको खेलमैदानमा शनिबार भएको फाइनलमा अघिल्लो संस्करणको विजेता मनाङ मर्स्याङ्दी क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै थ्री स्टारले उपाधि जितेको हो ।

थ्री स्टारलाई उपाधि दिलाउन ब्रिकम लामा र अनिल महर्जनले गोल गरे । खेलको ७३ औं मिनेटमा अनिल महर्जनले फ्रि किकमार्फत थ्री स्टारलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको इन्जुरी समयमा विक्रम लामाले हेड गोल गर्दै थ्री स्टारको जित सुनिश्चित गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here