विराट चम्किँदा बेंगलोरको जित, रोहित फ्लप

एजेन्सी । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतवार सम्पन्न दोस्रो खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले मुम्बई इण्डियन्सलाई हराएको छ।

चिन्नस्वामी स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली बेंगलोरले मुम्बईमाथि ८ विकेटको सहज जित निकालेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७१ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको बेंगलोरले १६.२ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो।

बेंगलोरको जितमा ओपनर विराट कोहलीले ८२ रन बनाए । बेंगलोरको जितसम्म अविजित रहेका कोहलीले ४९ बलमा ६ चौका र पाँच छक्का प्रहार गरे । कप्तान फाफ डू प्लेसिसले ४३ बलमा पाँच चौका र ६ छक्कासहित ७३ रन बनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here