वेष्ट इन्डिजले सिधै विश्वकप खेल्ने अवसर गुमायो, छनोट खेल्नुपर्ने

काठमाडौं । सन् १९७५ को पहिलो र १९७९ को दोस्रो संस्करणको वान डे विश्वकप जितेको वेष्ट इन्डिजले पनि विश्वकपका लागि छनोट प्रतियोगिता खेल्नुपर्ने भएको छ ।

सुपर लिगमा शीर्ष ८ मा पर्न असफल भएपछि वेष्ट इन्डिजले सिधै विश्वकप खेल्ने अवसर गुमाएको हो ।

दक्षिण अफ्रिकाले आइतबार राति नेदरल्याण्ड्सलाई १४६ रनले पराजित गर्दै सुपर लिगको आठौं स्थानमा उक्लिएपछि वेष्ट इन्डिजले विश्वकप छनोट खेल्ने पक्का भएको हो ।

सुपर लिगको शीर्ष ८ मा रहने टिमले मात्र सिधै विश्वकपमा स्थान बनाउनेछन् । जसमा आयोजक भारतसहित न्युजिल्याण्ड, अष्ट्रेलिया, इंग्ल्याण्ड, पाकिस्तान, बंगलादेश र अफगानिस्तान सिधै छनोट भइसकेका छन् । अब एक स्थानका लागि दक्षिण अफ्रिकासँगै आयरल्याण्ड होडमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here