काठमाडौं । राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा एपीएफ क्लब विजयी भएको छ ।
रेलिगेसन क्षेत्रमा रहेको पुलिसले सोमबार सम्पन्न विभागीय ‘डर्बी’मा सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबसँग २–० गोल अन्तरले पराजित भएको हो । एपीएफले खेल जित्दा एडमा डोम्बिया र सबिन गुरुङले एक एक गोल गरेका छन् ।
लिगमा एपीएफको तेस्रो जित रहेको छ । जितसँगै एपीएफले लिगमा ६ खेलबाट १० अंक जोडेको छ । यता, छैटौँ खेलसम्म जितविहीन पुलिस भने एक अंकसहित तालिकाको पुछारमा छ ।