काठमाडौं । सातदोबाटो युथक्लबलाई २-१ गोलले पराजित गर्दै जावलाखेल युथ क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग शीर्ष स्थानमा उक्लिएको छ ।
जावलाखेलका लागि मंगलबार फोडे फोफनाले ४३ मिनेटमा पेनाल्टी र साइनोस मसोआबीले ५० मिनेटमा गोल गरे। सातदोबाटोका लागि दीपकसिंह ठकुरीले ७५ मिनेटमा गोल फर्काए।
जितसँगै जावलाखेल ६ खेलबाट १३ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। सातदोबाटो भने १२ अंकसहित तेस्रो स्थानमा झरेको छ।