गुजरातको लगातार दोस्रो जित, दिल्ली फेरि पराजित

एजेन्सी । इण्डियन प्रिमियर लिगमा गुजरात टाइटन्सले दिल्ली क्यापिटल्सलाई ६ विकेटले हराएको छ।

टस हारेर ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको गुजरातको ब्याटिङमा साइ सुदर्सन र डेभिड मिलर चम्किँदा १८.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गर्न सफल भयो।

जारी सिजन लगातार दोस्रो जित निकाल्दै गुजरात तालिकाको शीर्ष स्थानमा छ भने लगातार दोस्रो खेलमा पराजय ब्यहोरेको दिल्लीले अंक जोड्न सकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here