सुनको भाउ बढेको बढ्यै, तोलाको १२ सयले बढेर पुग्यो साढे ७१ हजार

काठमाडौं, ३० साउन । चाडपर्व नजिकिँदै गर्दा सुनको मुल्यले नयाँ रेकर्ड राखेको छ ।

बुधबार ७० हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको भाउ एकैदिनमा प्रतितोला १२ सय रुपैयाँले बढेर ७१ हजार ५ सय पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको लागि छापावल सुनको मूल्य ७१ हजार ५ सय रुपैयाँ तोकेको छ । त्यस्तै तेजावी सुनको मूल्य ७१ हजार २ सय रुपैयाँ कायम गरीएको छ ।

चाँदीको मूल्यमा पनि अघिल्लो दिनको तुलनामा प्रतितोला २० रुपैयाँले वृद्धि भएर ८ सय ४० रुपैयाँ पुगेको छ ।

यसअघि मंगलबार छापावल सुनको मूल्य ७१ हजार पुगी रेकर्ड राखेको थियो । तर, बुधबार भने ७ सय रुपैयाँले घटेर ७० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनको भाउ बढ्न थालेपछि कारोबार निकै घटेको व्यावसायीहरु बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here