ओडीआई वरीयतामा नेपालको लगातार सुधार

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको वरीयतामा एक स्थान सुधार भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बुधबार सार्वजनिक गरेको वरीयतामा नेपाल १४ औँ स्थानमा उक्लिएको हो।

नयाँ वरीयतामा नेपालले नेदरल्यान्ड्सलाई पछि पार्न सफल भयो। नेपालले हाल १२ टेष्ट राष्ट्रसँगै सुपर लिग खेलेको नेदरल्याण्ड्सलाई पछि पारेको हो ।

एसोसिएटमा स्कटल्याण्ड १२ औं स्थानमा छ । टेष्ट राष्ट्र जिम्बावे १३औं स्थानमा छ । नेदरल्याण्ड्सलाई ओमानले समेत पछि पारेको छ । ओमान १५औं स्थानमा छ भने नेदरल्याण्ड्स १६औं स्थानमा झरेको छ । अमेरिका १७औं, नामिबिया १८औं, युएई १९औं र पपुवा न्युगिनी २०औं स्थानमा छ ।

ओडीआई वरीयतामा अष्ट्रेलिया शीर्ष स्थानमा रहँदा न्युजिल्यान्ड दोस्रो, भारत तेस्रो, इंग्ल्यान्ड चौथो, पाकिस्तान पाँचौ, साउथ अफ्रिका छैटौं, बंगलादेश सातौं, श्रीलंका आठौं, वेष्ट इन्डिज नवौँ, अफगानिस्तान दशौँ, आयरल्याण्ड ११औं स्थानमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here