बार्सिलोनालाई हराउँदै रियाल कोपा डेल रे को फाइनलमा, बेन्जेमाको ह्याट्रिक

काठमाडौं । करिम बेन्जिमाको ह्याट्रिक प्रेरित स्पेनिस कोपा डेल रेको सेमिफाइनलको दोस्रो खेलमा बार्सिलोनालाई ४–० ले पराजित गर्दै रियाल मड्रिडले फाइनल प्रवेश गरेको छ ।

पहिलो लेगमा १-० ले पछि परेको रियालले बुधवार राति बार्सिलोनाको मैदान क्याम्प नोउमा भएको खेलमा फराकिलो जित निकालेसँगै समग्रमा १–४ को जित निकाल्यो।

दोस्रो हाफमा घरेलु टिममाथि हाबी बनेको रियालका लागि बेन्जिमाले ५०, ५८ र ८०औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे।

जितसँगै रियालले अब उपाधिका लागि ओसासुनासँग प्रतिस्पर्धा गर्नेछ । ओसासुनाले मंगलबार राति एथलेटिक बिल्बाओलाई समग्रमा २–१ ले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो । रियालले १९ पटक कोपा डेल रेको उपाधि जितिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here