फिफा वरीयताको शीर्ष स्थानमा फर्कियो अर्जेन्टिना

एजेन्सी । गत डिसेम्बरमा कतारमा भएको फिफा विश्वकपको उपाधि जितेको अर्जेन्टिना ६ वर्षपछि वरीयताको शीर्ष स्थानमा फर्किएको छ ।

फिफाले बिहीबार अपडेट गरेको नयाँ वरियतामा अर्जेन्टिनाले एक स्थान सुधार गर्दै शीर्ष स्थानमा उक्लेको हो । फ्रान्स पनि एक स्थान सुधार गर्दै दोस्रो स्थानमा उक्लिएको छ ।

ब्राजिल भने तेस्रो स्थानमा झरेको छ । यसअघि अर्जेन्टिना सन् २०१६ को अप्रिलदेखि सन् २०१७ को अप्रिलसम्म वरीयताको शीर्ष स्थानमा थियो । बेल्जियम चौथो, इंग्ल्याण्ड पाँचौ, नेदरल्याण्ड्स छैटौं, क्रोएसिया सातौँ, इटली आठौं, पोर्चुगल नवौँ र स्पेन दशौँ स्थानमा यथावत छन् । मोरक्को ११औं स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here