ओली नेपालगन्ज पुग्दा विमानको ढोकैमै कार्यकर्ताको ठूलो भिड

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपालगन्ज विमानस्थलमा अवतरण गर्ने क्रममा उनका कार्यकर्ताले उडान सुरक्षाको गम्भीर उल्लंघन गरेका छन्।

एमाले अध्यक्ष ओली पनि सवार बीएचए ४५१ जहाज बिहान ९ः३० बजे नेपालगञ्ज जिमानस्थलमा अवतरण गरेको थियो ।

सोमबार नेपालगन्ज विमानस्थलमा अवतरण गर्ने क्रममा कार्यकर्ताको ठूलो भिड बुद्ध एयरको ढोकैमा पुगेको देखिन्छ ।

जुन अन्तर्राष्ट्रिय वायु सेवा नियम अनुसार समेत नमिल्ने कार्य हो। नेपालको कानुन अनुसार त्यसरी जानेलाई कारबाहीको समेत व्यवस्था छ।

विमानस्थल भित्र सर्वसाधारण र यात्रुलाई समेत विना बोर्डिङ पास जहाजको नजिकै जान दिइँदैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here