पुलिसको सिजनमा पहिलो जित

काठमाडौं । पूर्व च्याम्पियन नेपाल पुलिस क्लबले सहिद स्मारक ए डिभिजन लिग २०७९/८० मा पहिलो जित हात पारेको छ। एन्फा कम्प्लेक्स सातदोबाटो भएको खेलमा पुलिसले फ्रेन्ड्स क्लबमाथि ३-१ गोलको जित हात पारेको हो।

पुलिसको जितमा घानाका खेलाडी मोसेस युमले डेब्यू खेलमा गोल गर्दा बुद्धबल तामाङले दुई गोल गरे।

जितसँगै अंक तालिकाको १४औं पुछारमा रहेको पुलिसले ४ अंक जोडेको छ। पुलिसले सात खेलमा ५ खेलमा हार बेहोर्दा एक-एक खेलमा जित र बराबरी खेलेको छ।

यता १३औं स्थानको फ्रेन्ड्सले पनि ४ अंक जोडेको छ भने गोलअन्तरमा पुलिस भन्दा अघि छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here