बराबरीमा रोकिए थ्रीस्टार र मनाङ

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सोमबार थ्री स्टार क्लब र मनाङ मर्स्याङ्दी क्लबले १–१ को रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा थ्री स्टारका लागि सन्तोष साहुखलले गोल गर्दा मनाङका कोफी कोउडोले गोल फर्काएका थिए ।

यो सिजन मनाङ मर्स्याङ्दी क्लबले अपराजित सातौँ खेलमा पुर्याएको छ ।

घरेलु लिग खेल्नकै लागि जापानबाट आएका थ्रीस्टारका सन्तोष साहुखलले ७८ औँ मिनेटमा गोल गरेका थिए । तर मनाङ ८४ औँ मिनेटमा बराबरीमा फर्किएको थियो ।

बराबरीसँगै सात खेलबाट १५ अंक जोडेको मनाङ तालिकाको शीर्ष स्थानमा छ । समान खेलबाट ११ अंक जोडेको थ्री स्टार तालिकाको छैटौं स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here