स्मार्ट टेलिकमलाई सेवा बन्द नगर्न प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमलाई सेवा चुस्त दुरुस्त रुपमा सञ्चालन गर्न निर्देशन दिएको छ ।

दूरसञ्चारले मंगलबार सूचना जारी गर्दै स्मार्टका सेवाहरू देशका केही स्थानमा नचलेको पाइएकोले सञ्चालनमा ल्याउन निर्देशन दिएको हो ।

सूचनामा दूरसञ्चार सेवा अतिआवश्यक सेवाको रुपमा वर्गीकरण गरिएकोले अनुमति पत्र बहाल हुँदसम्म सेवा सूचारु गर्न भनेको छ ।

स्मार्टको लाइसेन्स आगामी वैशाख २ गते सकिंदैछ । अनुमति पत्र बहाल रहदैमा कम्पनीले भने केही ठाउँमा आफ्नो सेवाहरू बन्द गरेको पाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here