सिटीको सहज जित,चेल्सीलाई ब्राइटनले हरायो

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सहज जित निकालेको छ। शनिबार राति भएको खेलमा सिटीले लेस्टर सिटीलाई ३-१ गोल अन्तरले हराएको हो।

सिटीको जितमा अर्लिङ हालाण्डले दुई गोल गरे । जोन स्टोन्सको नाममा एक गोल रह्यो। लेस्टरका केलिची इहानाचोले एक गोल फर्काए। गएराति नै भएको खेलमा चेल्सीलाई ब्राइटनले २-१ गोल अन्तरले हराएको छ।

यस्तै टोटेनहमलाई बर्नेमाउथले ३-२ गोल अन्तरले हराएको छ भने उल्भ्सले ब्रेन्टफोर्डलाई २-०, क्रिस्टल प्यालेसले साउथह्याम्पटनलाई २-० र फुलहमले एभर्टनलाई ३-१ ले हरायो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here