किलियन एम्बाप्पेको कीर्तिमानी गोल

एजेन्सी । किलियन एम्बाप्पे पेरिस सेन्ट जर्मेन (पीएसजी) का लागि सर्वाधिक गोल गर्ने खेलाडी भएका छन् ।

उनको कीर्तिमानी गोलको मदतले पीएसजीले फ्रान्सेली लिग वानमा दस खेलाडीमा सीमित लेन्सलाई ३–१ ले हरायो ।

एम्बाप्पेले ३१ औं मिनेटमा गोलको खाता खोले र यो उनको १ सय ६९ लिग खेलमा १ सय ३९ औं गोल हो । यस क्रममा उनले एडिसन कभानीलाई उछिनेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here