दुई दिनमै हलबाट उत्रियो ‘बुलाकी’

काठमाडौं । फिल्म ‘बुलाकी’ को प्रदर्शन आजबाट रोकिएको छ । निर्माता बिराज विष्टले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै फिल्म ‘बुलाकी’ हलबाट निकाल्ने घोषणा गरेका हुन् ।

‘हाम्रो चलचित्र हेर्न बाँकी सम्पूर्ण दर्शकहरूलाई पर्न गएको असुविधाप्रति क्षमा याचना गर्दै आइतबारबाट प्रदर्शनरत सबै हलबाट चलचित्र फिर्ता लिएको घोषणा गर्दछौँ’, निर्माता विष्टले फेसबुकमा दर्शकसँग क्षमा माग्दै लेखेका छन्, ‘सम्पूर्ण दर्शकहरूबाट राम्रो प्रतिक्रिया पाएको फिल्मलाई चौतर्फी घेराबन्दी गरी जसरी निर्माता डुबाउने खेल खेलियो यो हामी विल्कुल मान्न तयार छैनौँ ।’ उनले फिल्मलाई हलबाट निकाल्नुका ६ कारण पनि उल्लेख गरेका छन्।

दर्शकको राम्रो प्रतिक्रिया हुँदाहुँदै चलचित्रलाई हल व्यावसायीले गरेको अपहेलना, प्राप्त सबै शोज अफटाइममा, मोफसलका मुख्य स्टेशनमा १ शो पनि उपलब्ध नगराएको, प्रायः सबै शोज बिहान मात्रै दिएको, दोस्रो दिनबाटै ७०५ शो कटौती गरेको र अग्रिम बुकिङमै न्यून शोज उपलब्ध गराएको आरोप उनले लगाएका छन्।

सुरक्षा पन्त, नरेन खड्का र डेब्यु अभिनेता विराज विष्टको मुख्य भूमिका रहेको फिल्म कर्णाली प्रदेशमा विद्यमान जारी प्रथाबारेमा केन्द्रित छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here