ओपनएआईसँग प्रतिस्पर्धा गर्न इलन मस्कले गोप्य रूपमा स्थापना गरे नयाँ कम्पनी

एजेन्सी । पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्सलाई आलोचना गर्दै आएका एलन मस्क आफैंले एआई कम्पनी स्थापना गरेको कुरा बाहिरिएको छ ।

द फाइनान्सियल टाइम्सका अनुसार ओपन एआईलाई चुनौती दिने उद्देश्यसहित मस्कले आफ्नो छुट्टै कम्पनी स्थापना गरेर एआई टुल सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

मस्कले हालै एक एक्स एआई कर्पोरेसन नामको कम्पनी स्थापना गरेको छ । त्यसो त हालै उनले ट्वीटर खरिद गरेर ट्वीटर इन्कलाई एक्स कर्प नाम पनि दिएका छन् ।

पछिल्लो समयमा ओपनएआई र च्याटजीपीटीलाई लिएर एआईप्रति नकारात्मक प्रतिक्रिया दििँदै आएका मस्कले एक्स एआई कर्पोरेसनको स्थापना गर्नु भनेको च्याटजीपीटीको लागि प्रतिद्वन्द्वी तयार गर्न खोजिरहेको भन्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here