पश्चिमा मूलुकहरूमा वैदिक सनातन धर्म प्रचारमा ‘चन्द्रकला सखी’

काठमाडौं । नेपालकी पहिलो महिला’रामचरितमानस’ र ‘भक्तमाल’ कथा वाचिका सुश्री चन्द्रकला सखीले पश्चिमा मूलुकहरूमा वैदिक सनातन धर्मको प्रचारमा तीव्रता दिइरहेकी छिन् ।

संस्कार,संस्कृतिको जागरण,शारीरिक, मानसिक स्वास्थ्य,तथा आध्यात्मिक विकासका साथमा धार्मिक सहिष्णुता कायम गर्ने उद्धेश्य सहित उनको अभियानले सार्थकता पाइरहेको छ ।

जसअनुरुप रामनवमी तथा हनुमान जयन्तीको अवसर मार्च ३० तारिखदेखि अप्रिल ६ सम्म बेलायतमा ‘राम कथा’ प्रवचन भएको थियो । उक्त कार्यक्रममा सखीले अंग्रेजी भाषामा ‘राम कथा’वाचन गरेकी थिइन् ।

उक्त कार्यक्रममा बेलायतका गृहमन्त्री स्वेला ब्रेभरमेन, बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आर्चाय, साउथ हल लण्डनका एनपी विरेन्द्र शर्मा,कार्यक्रमका सहयोगीको रुपमा सोराठिया प्रजापति कन्युनिटी यूके ग्रुप, लण्डनका भूपू मेयर सुरेश कृष्ण, भूपू उपमेयर शशी कृष्ण, राज राजेश्वरजी महाराज लगायत सहभागिता रहेको थियो ।

कार्यक्रममा उल्लेखिय रूपमा श्रद्धालु साधक भक्तजन एवं नेपाली समुदायहरुको बाक्लो उपस्थिती रहेको थियो । अनन्तश्री विभूषित जगद्गुरू श्रीरामानन्दाचार्य स्वामी रामकृष्णाचार्य (महायोगी सिद्धबाबा) को आज्ञा बमोजिन उक्त कार्यक्रम भएको थियो ।

सखीले विभिन्न उत्सवहरूमा आफ्ना श्रीगुरूदेवको मिसन रूपी भगवान नामको महिमा स्वरूपको आदि वैदिक सनातन धर्मलाइ पश्चिमा मुलुकहरूमा विभिन्न कार्यक्रम गर्दै आइरहेकी छिन् । उनको भिडियोहरु कार्यक्रमको जगद्गुरु रामानन्दाचार्य सेवापीठको पेज तथा यूवटुवमा हेर्न सकिनेछ ।

चन्द्रकला जगद्गुरू श्रीरामानन्दाचार्य स्वामी रामकृष्णाचार्य (जगद्गुरू महायोगी सिद्धबाबा) कृपापात्र, हिमालयन सिद्ध महायोगको भातृसंस्था आञ्जनेय यूवा समूहकी अध्यक्ष हुन् ।

सिद्धबाबा हराउँदै गएको हाम्रो आदि वैदिक सनातनिय संस्कार,संस्कृतिलाई जागरण गरी नयाँ पुस्तामा भगवान नामको संस्कार जागृत गराइ पश्चिमि संस्कृतिले हावी भएको अहिलेको यस समाजलाई आफ्नो पूर्वीय दर्शनको परिचय गराइ पाशुपत सिद्ध महायोगको माध्यमबाट मानवमा देवत्व जगाइ जीवबाट शिव र नरबाट नारायण बनाउने अभियान लिएर साथै आफ्नै देशमा आयुर्वेद विश्वविद्यालयको स्थापना, स्वास्थ्य,शिक्षा,संस्कार,समृद्धि र शान्ति -‘पञ्च स’ को मूलमन्त्र लिई सू-संस्कारी नेपाल,स्व -रोजगारी नेपाल,हरित नेपाल, स्वच्छ नेपाल, स्वस्थ नेपालको अभियान काँधमा बोकेर हिडिरहेका व्यक्ति हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here