अब नेपालमै पाइलट पढ्न पाइने, दुई कम्पनीलाई ‘फ्लाइङ स्कुल’ को अनुमति

काठमाडौं । नेपालमै पाइलट उत्पादनको लागि फ्लाइिङ स्कुल खोल्न दुई एभीएसन स्कुलले पहिलो पटक अनुमति पाएका छन् ।

आइतबार पर्यटन मन्त्रालयले शुभम एभीएसन र चन्द्र सुर्य एभीएसनलाई फ्लाइिङ स्कुल खोल्न अनुमति दिएको हो । यी कम्पनीले वर्षाैदेखि मन्त्रालयमा प्रस्ताव पेस गरेका थिए ।

नेपालमा हालसम्म पाइलट उत्पादन गर्ने एभीएसन स्कुल रहेको छैन । सोहीकारण नेपालीले फिलिपिन्स, अमेरिकासहितका मुलुकमा गएर पाइलट कोर्ष पुरा गर्ने गर्छन् ।

उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीको रोजाइमा पर्ने विषयमध्ये पाइलट पनि एक हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here