भारतबाट बढेर आयो पेट्रोल र डिजेलको भाउ

काठमाडौं । इण्डियन आयल कर्पोरेशन (आइओसी) ले नेपाल पठाउने पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ ।

पछिल्लो पटक इण्डियन आयल कर्पोरेशन (आइओसी) ले पठाएको नयाँ मूल्य सूचीअनु्सार पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ ।

आइओसीबाट प्राप्त खरिद मूल्यसूची अनुसार प्राप्त पेट्रोलमा प्रतिलिटर ६.३३ रुपैयाँ, डिजेलमा २० पैसा भाउ बढेर आएको निगमले जनाएको छ ।

आइओसीले निगमलाई हरेक १५/१५ दिनमा पेट्रोलियम पद्धार्थको नयाँ मूल्यसूची पठाउने गरेको छ ।

१५ दिन अघि कच्चा तेल प्रतिब्यारेल ७५\७६ अमेरिकी डलर रहेकोमा अहिले अहिले प्रतिब्यारेल ८५ डलर पुगेको छ।

नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट इन्धन ल्याएर बिक्री\वितरण गर्छ। आइओसीले नेपाल आयल निगमलाई पन्ध्र-पन्ध्र दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्य पठाउँछ।

हाल पेट्रोलको मूल्य प्रतिलिटर १७५ र डिजेल १६५ रुपैयाँ रहेको छ । निगमले यसअघि पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेलमा प्रतिलिटर १० रुपैयाँ भाउ घटाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here