मेन्छियाम हाइड्रोपावरको आइपीओ खुल्यो

काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडले आज (वैशाख ४ गते)देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ ।

कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ९ करोड ३४ लाख ९१ हजार ५०० रुपैयाँ बराबरको ९ लाख ३४ हजार ९१५ कित्ता सेयर विक्रीमा ल्याएको हो ।

उक्त आइपीओमा लगानीकर्ताले वैशाख ७ गतेसम्म आवेदन दिन पाउँछन् । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा वैशाख १९ गतेसम्म आवेदन खुल्नेछ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओमा नेपाल धितोपत्र बोर्डबाट सी-आस्बा स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनको शाखा कार्यालयका साथै मेरोसेयर मार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेड रहेको छ । आइपीओ निष्काशनको लागि गराएको रेटिङमा कम्पनीले ‘केयर एनपी डबल बी इस्यूअर’ रेटिङ पाएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीले प्रबर्धन गरिरहेको ४.७२ मेगावाटको माथिल्लो पिलुवा खोला २ जलविद्युत आयोजनाको कुल अनुमानित लागत १ अर्ब ३१ करोड ९० लाख ७० हजार ४०८ रुपैयाँ छ । यसको प्रतिमेगावाट अनुमानित लागत २७ करोड ९४ लाख ६४ हजार ६९ रुपैयाँ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here